सुशील पन्त
जेठ २३, २०७६
काठमाडौं – राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले परराष्ट्र मन्त्रालयले उपलब्ध गराएका २० वर्ष पुराना गाडी चढ्ने गरेको पाइएको छ । सार्क शिखर सम्मेलनका लागि खरिद गरिएका मर्सिडिज बुलेट प्रूफ गाडी राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले प्रयोग गरिरहेका छन् ।