काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा प्रदेश नं ५ को दाङमा स्थानीय महिला समुहलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।
उक्त अभिमुखिकरण कार्यक्रममा ४५ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा पत्रकार विपुल पोखरेलले जानकारी गराउनुभएको थियो ।