काठमाडौँ, ४ भदौ । राष्ट्रिय सूचना अधिकार दिवसको अवसर पारेर फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको वडा नंं ३ सँग भूकम्पपीडितको सरोकारको सूचना माग गर्नुभएको छ ।
नेपालको संविधान २)७२ र सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार अध्यक्ष अधिकरारीले वडा कार्यालयसँग उक्त वडाका भूकम्पपीडतमध्ये कतिजना लाभग्राहीले पुनःनिर्माणका लागि सरकारले उपलब्ध गराउने रकममध्ये पहिलो, दोस्रो र तेस्रो किस्ता प्राप्त गरे सोबारे सूचना माग गर्नुभएको छ ।
त्यसैगरी उक्त वडामा कुन कुन तहका सामुदायिक र संस्थागत विद्यालयहरु छन् ? ती शैक्षिक संस्थाहरुमा कतिजना शिक्षक कार्यरत छन् सोको विवरण माग गर्नुभएको छ ।
साथै आव २०७४÷०७५ भन्दा आव ७५÷०७६ मा ती शैक्षिक संस्थामा कार्यरत शिक्षकको विवरणमा फेरबदल भएको छ वा छैन सोको विवरण समेत माग गर्नुभएको छ ।
उहाँले उक्त कार्यालयमा दर्ता गरेको निवेदनको दर्ता नंं ५२ हो ।
यसैबीच अध्इक्ष अधिकारीले स्थानीय तहहरुलाई सूचनाको हकको व्यवाहारिक कार्यान्वय गराउन आफूले सूचना माग गरेको बताउनुभयो ।