फ्रिडम फोरमका अध्यक्ष हरिविनोध अधिकारीले ११ औं सूचना दिवसको अवसरमा सिन्धुली ग्वालटार स्थित गोलन्जोर गाउँपालिका वडा नं ३ को कार्यालयसंग सूचना माग गर्नुभएको छ । सूचना मागको ढाँचा निम्न छ ।
श्रीमान सूचना अधिकारीज्यू
वार्ड नं ३ को कार्यालय ग्वालटार,
गोलन्जोर गाउँपालिका, सिन्धुली
विषय ः सूचना पाउँ ।
महोदय,
आज राष्ट्रिय सूचना आयोगको ऐन कार्यान्वयन भएको ११ वर्ष पुगेको छ ।
आजलाई राष्ट्रिय सूचना दिवसको रुपमा मनाइन्छ । पनि यस वार्डमा रहेको
केही सूचनाहरु सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ अनुसार
माग्न आएको छु । जुन निम्न रहेका छन् ।
१. यस वार्ड (साविकको भुमेश्वरी गाविस) नं ३ मा भूकम्पपीडित कति
जनाले लाभग्रहीको रुपमा पहिलो, दोस्रो र तेस्रो किस्ता बिुझेका छन् ।
२ंं. यस वार्डमा कति र कुन तहका सामुदायिक र संस्थान विद्यालयहरु छन्
? तिनिहरुमा कति शिक्षकहरु कार्यरत छन् ?
३. आ.व २०७५÷७६ मा २०७५÷७५ भन्दा कति फरक परेको छ ?
उपर्युक्त मागहरुको सूचना उपलब्ध गराइदिनुहुन सादर अनुरोध छ ।
धन्यवाद ।
भवदीय,
हरिविनोद अधिकारी
अध्यक्ष
फ्रिडम फोरम काठमाडौं
नानं ६९ सिन्धुली, गोलन्जोर गाउँपालिका