By editor, 18 November, 2019

लोकतन्त्रको मुख्य लक्ष्य नै कानुनको शासन सुनिश्चित गर्नु हो । सबै मानिस कानुनका नजरमा समान हुन्छन् र कुनै पनि पदाधिकारी वा निकाय कानुन अनुसार मात्रै चल्दछ वा चल्नुपर्छ भन्नु नै कानुनको शासन हुनु हो । सूचनाको हकले मानिसलाई थाहा पाउने अथवा जान्न पाउने अधिकार प्रदान गर्दछ । सुसूचित आम मानिस भएमा मात्र लोकतन्त्रमा प्रत्येक व्यक्तिले सार्थक सहभागिता र भूमिका खेल्न सक्षम हुन्छन् । त्यसैले सूचनाको हकलाई लोकतन्त्रको अक्सिजन मानिन्छ । यी दुई पक्षबीच अत्यन्त अन्तरसम्बन्ध छ । सूचनाको हक नभई हामी कानुनी शासनको कल्पनासम्म गर्न सक्दैनौं । यसै विषयमा वहस संचालन गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता विष्णु लुईटे

By editor, 15 November, 2019

बिर्तामोड, कात्तिक २८ ।  वाह्रदशी गाउँपालिका – ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सूचनाको हक सम्वन्धि एक दिवसीय प्रशिक्षण सम्पन्न भएको छ ।

By editor, 11 November, 2019

विपन्न परिवारको जिविकोर्पाजनका लागि प्रत्येक सामुदायिक वनले आम्दानीको २५ प्रतिशत रकम छुट्याउनुपर्ने अनिवार्य प्रावधान भएपनि उपयोग गर्न नपाएका परिवारले सूचनाको हक प्रयोग गरेर जिविकोपार्जन गर्न सफल भएका छन् ।

कैलाली जिल्लाको थपालीपुरका रुपेश केसीले चेतना सामुदायिक वन उपभोक्ता समूहमा आर्थिक वर्ष २०७३।०७४मा विपन्न परिवारको जिविकोर्पाजनका लागि कति रकम छुट्याएको छ ? त्यसबाट कति परिवार लाभान्वित भएका छन ? त्यसको विवरण प्रमाणित प्रतिलिपी माग गरेका थिए ।

By editor, 23 October, 2019

 नारायण अर्याल

 

कात्तिक ६, २०७६

काठमाडौं – नेपाल आयल निगममार्फत देशभित्र आयात हुने खाना पकाउने ग्यासको बिक्री मूल्य (ढुवानी भाडा थपघटबाहेक) देशभर समान हुन्छ ।

एउटै क्षेत्र भूगोलमा बस्ने ग्राहकले उस्तै मूल्यमा ग्यास सिलिन्डर साट्न पाउँछन् । जस्तैः काठमाडौंका सबै ग्राहकलाई ग्यासको मूल्य समान पर्छ ।

तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा खरिद गरेको ग्यासको खरिद मूल्य आयल निगमले तोकेको मूल्यभन्दा धेरै बढी देखिएको छ ।

By editor, 23 October, 2019

आदित्य दाहाल

कात्तिक ६, २०७६

सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको व्यक्तिगत वा सार्वजनिक महत्त्वको सूचना माग्ने र पाउने अधिकार हो । सूचनाको हकलाई मानिसको नैसर्गिक हकका रुपमा लिएकोे छ ।

जनताले समाज व्यवस्था, राज्य र विश्व व्यवस्थाको विषयमा थाहा पाएपछि मात्रै मानिसले आफ्नो भूमिका सशक्त रुपमा निर्वाह गर्न सक्दछ भनेर नै यो हकलाई नैसर्गिक हकका रुपमा मानिएको हो ।

By admin, 15 October, 2019

नेपालमा सन् २०१९ को International Right To Know Day सेप्टेम्बर २२ देखि २८ तारिखसम्म सप्ताहव्यापी रुपमा नागरिक तहबाट भव्यरुपमा मनाइयो ।

सूचनामा सर्वव्यापी पहुँचको दिवसको रुपमा संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको  सन्र्दभ आजको पडकाष्टमा केन्द्रित गरिएको छ ।

सूचनाको हकको अन्तराष्ट्रिय दिवसका वारेमा प्रकाश पार्ने जानकारी मूलक समाग्रीसहित सूचनको हकलाई प्रवद्धन गर्न गरिएका विभिन्न रचनात्मक गतिविधिहरु सुनौं यस पडकाष्टमा :

By editor, 14 October, 2019

सूचना माग्ने सर्वसाधरणमाथि वडा अध्यक्षबाटै कुटपिट

    धनुषा, २७ असोज । सूचना माग्न गएका एक सर्वसाधारणलाई जनकपुरधाम उपमहानगरपालिका वडाध्यक्षले मेयरकै अगाडि कुटपिट गरेका छन् । 

    प्राप्त जानकारी अनुसार गत असोज १३ गते विकास निर्माण सम्बन्धी सूचना माग्न गएका उपमहानगरपालिका– १८ का रामबाबु मण्डललाई मेयर लालकिशोर साहकै अगाडि सोही वडाका मेयर रामाशंकर पासवानले कुटपिट गरेका हुन् । 

By editor, 14 October, 2019

 

 

■ मुक्तिनाथ भुसाल

कथित अनियमिततासम्बन्धी एक समाचारले अर्घाखाँची जिल्लामा रोचक मोड लिएको छ । गत असोज १ गते बुधवार घटना र विचार साप्ताहिकले ‘बेथितिको आहालमा डुब्दै मालारानी’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएको भोलिपल्टै मालारानी गाउँपालिकाले चार पृष्ठ लामो प्रेस विज्ञप्ति सार्वजनिक गरेर समाचार कपोकल्पित तथा भ्रामक भएको उल्लेख गर्दै विभिन्न पत्रपत्रिकाको सिङ्गो–सिङ्गो पृष्ठमा मोटो रकम खर्चिएर उक्त विज्ञप्तिलाई प्रकाशित गऱ्यो ।