सूचनाको हक सम्बन्धी व्यवहारिक ज्ञान बाड्दै अभियन्ताहरु

By editor, 18 November, 2020

 

सूचनाको हकका लागि राष्ट्रिय संजाल, नेपाल र जागौं नेपालका अभियन्ताहरुले संयुक्त रुपमा सूचनाको हक सम्बन्धी आम नागरिकहरुमा व्यवाहारिक ज्ञान दिन प्रत्येक आईतबार अभिमुखिकरण एवं अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
यो कार्यक्रम निशुल्क रुपमा जुम लिंक मार्फत नेपाल लगायत विश्वभरीका नेपाली नागरिकहरुका लागि नेपाली समय अनुसार बेलुकी ७ बजे देखि प्रत्येक आईतबार संचालन गरिदै आईरहेको छ ।

आईतबार कात्तिक २३, २०७७ देखि शुरु गरिएको यो अभिमुखिकरणको पहिलो सप्ताह संजालका  सदस्य सचिव अजयकुमार साहले अभिमुखिकरण सहजीकरण गर्नुभएको थियो भने कात्तिक ३० गते आईतबार संजालका सहसंयोजक विश्वजीत तिवारीले सहजीकरण गर्नुभएकोछ ।

यो अभिमुखिकरण कार्यक्रममा सूचनाको हक सम्बन्धी रहेका कानुनी प्रवाधान र यसका व्यवहारिक प्रयोग बारे छलफल गर्ने गरिएको छ । फेसबुक र युटुवबाट समेत प्रत्यक्ष प्रशारण गर्ने गरिएकोछ । यसबाट हजारौं नेपालीले सूचनाको हकबारे जानकारी प्राप्त गर्दै आईरहेकाछन् ।