नेपालखबर
बाँके, भदौ ४
बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा जिल्लाका सूचना अधिकारीहरुले लिखित प्रतिबद्धता जनाएका हुन्।
