मुख्यमन्त्री, मन्त्रीदेखि कर्मचारीसम्मलाई सरकारी सामान
साउन २३, २०७६
जनकपुरधाम– प्रदेश नम्बर २ मा मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीदेखि कर्मचारीसम्मले गाडी मात्र होइन ल्यापटप, मोबाइल र ब्रिफकेससम्म सरकारी नै प्रयोग गरिरहेका छन् ।
सरकारी मोबाइलको प्रयोग मुख्यमन्त्रीका स्वकीय सचिवले समेत गरिरहेका छन् । यति मात्र होइन केही कर्मचारीले त सरुवा भएर अन्यत्र जाँदा समेत मोबाइल फिर्ता गरेका छैनन् ।