काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा प्रदेश नं १ को विराटनगरमा शिक्षक, सूचनाको हकका अभियन्ता, युवा विद्यार्थीरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।
२२ जना सहभागीलाई उक्त प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा फ्रिडम फोरमको स्थानीय संयोजक राजु श्रेष्ठले जानकारी गराउनुभएको थियो ।