News

By editor, 15 March, 2020
नारायण अर्याल

काठमाडौं महानगरपालिकाले कार्यविधिबेगर बैठक भत्तामा मात्र महिनामै लाखौं खर्चिने गरेको पाइएको छ । 

कार्यालय समयभित्र वा सम्बन्धित कार्यालयका कर्मचारी मात्र बस्ने बैठकको भत्ता लिन नपाइने व्यवस्था भएपनि भत्ता लिनकै लागि बैठकहरूलाई त्यस अनुकूल मिलाउने गरिएको गुनासो महानगरकै कतिपय कर्मचारीको छ ।

महानगरमा बैठक भत्तामा कतिसम्म खर्च हुन्छ भन्ने कुराका लागि केही उदाहरण हेरौं–

By editor, 23 February, 2020

जनप्रतिनिधिले सामान्य उपचार खर्च समेत दाबी गर्नु नैतिकताको प्रश्न : सुशासन विज्ञ

सुशील पन्त

 

 

ज्यकोषबाट आकर्षक तलबभत्ता लिइरहेका संघीय संसद्का ८७ जना सांसदले उपचार खर्चका नाममा राज्यकोषबाट सुविधा लिएको पाइएको छ ।

By editor, 19 February, 2020

काठमाडौं - दुई वर्षयता उपमेयरसहित २७ जना जनप्रतिनिधिले औषधि–उपचार खर्चको बिल पेस गरेर काठमाडौंं महानगरपालिकाबाट ५१ लाख ५८ हजार रुपैयाँ लिएका छन्। जसमध्ये एक वडाध्यक्ष र एक कार्यपालिका सदस्यलाई दुईपटक उपचार खर्च दिइएको छ।undefined

२०७६ माघ २० मा काठमाडौं महानगरपालिकाको वित्त विभागबाट प्राप्त विवरण अनुसार महानगरका कर्मचारीले यस अवधिमा आठ लाख ५० हजार रुपैयाँ औषधि–उपचार खर्च बुझेका छन्। जनप्रतिनिधि र कर्मचारीसँग पहुँच भएकाले पनि यस अवधिमा आठ लाख  ८२ हजार रुपैयाँ औषधि– उपचारका नाममा लिएका छन्।

By editor, 26 January, 2020

समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय हुलाक कार्यालयको सक्रियता कमजोर

जितेन्द्र साह

माघ १२, २०७६

 

(विराटनगर) — ‘सूचनाको हक ऐनबारे सर्वसाधारण अझै अनभिज्ञ छन्,’ विराटनगर–१ का सामाजिक कार्यकर्ता ४७ वर्षीय वकिल कार्की भन्छन्, ‘थाहा नै नभएपछि कसरी सूचना माग्छन् वा ऐनको प्रयोग गर्छन् ?’ 

By editor, 26 January, 2020

दमन राई

आइतबार, १२ माघ २०७६, 

खोटाङ - गत पुस २४ गते कांग्रेसको छायाँ सरकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विगत ३ वर्षयताको विकास निर्माण तथा योजना आम्दानी र खर्च माग ग-यो। तर, आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को शीर्षक र खर्चको विवरण माग गर्दा हालसम्म उपलब्ध नगराइएको छायाँ सरकारप्रमुख तीर्थराज भट्टराईले बताएका छन्।undefined

By editor, 21 January, 2020
नारायण अर्याल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति पत्र व्यवस्थापन शाखामा कार्यरत उपसचिव गिरमान थापाले असोजको दोस्रो साता ७ दिनको भ्रमण भत्ता मन्त्रालयबाट बुझे ।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार थापाले गत असोजको ७ गतेबाट १३ गतेसम्म कार्यालय कामको सिलसिलामा लमजुङ भ्रमण गरेको उल्लेख छ ।

लोकान्तरसँगको कुराकानीमा थापाले आफू विद्यालय अनुगमनका लागि लमजुङ पुगेको बताए । लमजुङको राइनास नगरपालिकास्थित भैरव मावि र सौभाग्योदय नमूना माविको अनुगमन भ्रमण गरेको उनको भनाइ थियो ।

By editor, 14 January, 2020

करिब तीन हजार सेवाग्राहीबीच गरिएको सर्वेक्षणमा ५५ प्रतिशतले स्थानीय तहमा भ्रष्टाचार हुने गरेको बताएका छन् भने १५ प्रतिशतले त्यस्तो भ्रष्टाचार भोगेको प्रतिक्रिया दिएका छन्

कृष्ण ज्ञवाली

पुस २८, २०७६

काठमाडौँ — देशभरका स्थानीय तहमा भ्रष्टाचार बढेको एक सर्वेक्षणले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशव्यापी रूपमा गरेको सर्वेक्षणबाट भ्रष्टाचारको आयतन अझै फराकिलो भएको खुलेको हो । सहभागीमध्ये ५५ प्रतिशतले नगदमा भ्रष्टाचार हुने गरेको प्रतिक्रिया दिएका छन् ।

 

By editor, 14 January, 2020
अजय अनुरागी

धनुषाको औरही गाउँपालिका वडा नम्बर १ की सकुन्तला देवी यादवले गत आर्थिक वर्ष २०७५/०७६ मा सिँचाइका लागि स्यालो ट्युबवेल जडान गर्न नेपाल सरकारबाट १ लाख ४२ हजार ५ सय रुपैयाँ अनुदान प्राप्त गरिन् । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत आवको असार महिनामा उनले उक्त अनुदान रकम लिएकी थिइन् ।

श्रवण कृषक समूहअन्तर्गत विभिन्न किसानको २० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने भनेर उनलाई उक्त अनुदान रकम उपलब्ध गराइएको थियो ।

By editor, 25 December, 2019

‘पुष्टि नहुने समाचारमा दण्ड हुन्छ’

हिमालय टाइम्स    

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्नेगरी मिडिया काउन्सिल विधेयक नआएको बताएको छ । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।