किरण पोखरेल
सात वर्षअघिको कुरा हो, कुनै एक जना नागरिक सार्वजनिक महìवको सूचना लिन राजधानीको कुनै प्रभावशाली मन्त्रालय पुगे । सूचनाको हकसम्बन्धी कानुनको व्यवस्थाबमोजिम उनले कुनै एक जना अधिकृतसंँग त्यस मन्त्रालयमा सूचना अधिकारीबारे सोधे । प्रश्न भुइँमा खस्न नपाउँदै ती अधिकृतले जवाफ दिए “यहाँ सूचना अधिकारी भन्ने व्यक्ति हुनुहुन्न । अधिकारी थरका अर्कै व्यक्ति हुनुहुन्थ्यो तर अहिले उहाँ पनि देशबाहिर जानु भएको छ ।” राष्ट्रिय सूचना आयोगले काठमाडौँमा छ वर्ष पहिले आयोजना गरेको एक अन्तरसंवाद कार्यक्रममा सहभागी एक जना सूचनाको हकका अभियन्ताले सुनाएको यथार्थ हो यो ।