News

By editor, 25 July, 2019

कमिसनको चक्करमा सबै चुपचाप

 रामचन्द्र भण्डारी

साउन ९, २०७६

काठमाडौं– सरकारी सवारीसाधन मर्मतका लागि निकै अपारदर्शी ढंगले खर्च हुने गरेको पाइएको छ । 

सिंहदरबारभित्रका कार्यालयले मात्र बर्सेनि करोडौं रुपैयाँ सवारीसाधन मर्मतका नाममा खर्चिने गरेका छन् तर अधिकांश खर्च अपारदर्शी ढंगले हुने गरेको देखिन्छ ।

विभिन्न मन्त्रालयबाट लोकान्तरलाई प्राप्त सवारी साधनको मर्मतसम्बन्धी विवरण केलाउँदा निकै ठूलो खर्च अपारदर्शी ढंगले हुने गरेको पाइएको हो ।

By editor, 25 July, 2019

रामचन्द्र भण्डारी

साउन ८, २०७६

काठमाडौं –सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै कर्मचारीलाई सरकारले उपलब्ध गराउने सवारीसाधनका कारण राज्यलाई ठूलो आर्थिक भार पर्ने गरेको पाइएको छ ।

सूचनाको हक प्रयोग गरी विभिन्न सरकारी कार्यालयबाट लोकान्तरले मागेको सूचना र महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन हेर्दा सरकारलाई कर्मचारी पाल्नभन्दा उनीहरूले प्रयोग गर्ने सवारीसाधन पाल्न ठूलो रकम खर्चिनुपर्ने अवस्था रहेको तथ्य फेला परेको हो ।

यसबारे प्रस्ट हुन केही उदाहरण हेरौं –

By editor, 23 July, 2019

 नारायण अर्याल

 

साउन ७, २०७६

काठमाडौं – बजारमा १ रुपैयाँमा अलि राम्रो खाले चकलेट समेत पाउन गाह्रो पर्छ तर सिंहदरबारभित्र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सिसाको गिलास १ रुपैयाँ १३ पैसाको दरले किन्छ । सुन्दा अचम्म लाग्न सक्छ ।

सिसाको गिलास मात्र होइन, प्रतिमिटर १ रुपैयाँ १३ पैसाको दरले कपडा समेत खरिद गर्ने गरेको छ ।asaas

By editor, 19 July, 2019

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीहरुसँग कानुनविपरीत चर्को शुल्क असुल्ने गरेको पाइएको छ । विद्यार्थीले चर्को शुल्क तिरेरमात्रै पुग्दैन, आफ्नै उत्तरपुस्तिका हेर्न पनि अनेक खालका सर्तहरु पूरा गर्नुपर्छ । अझ उदेकलाग्दो त के छ भने एउटै कामका लागि सेमेष्टर र वार्षिक प्रणाली भनेर विद्यार्थीहरुलाई शुल्कमा विभेद गरिँदै आएको छ ।Image removed.

By editor, 19 July, 2019

कमल खत्री

शुक्रबार, ०३ साउन २०७६

बाँके - क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीले आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको आरोप लागेको छ । गत वैशाखमा प्रदेश– ५ मा भएको आठांै राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए ।

By editor, 18 July, 2019

धादिङ–अमेरिका भिसा लिने वेला चुक्ता गर्नु पर्ने सम्पती कर नवुझाएर रसीद मात्रै लिएर गएका गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले राजस्व शाखामा कार्यरत कर्मचारी सुजिता रेग्मीलाई साउन १ गतेवाटै हटाएका छन् ।

गत जेठ ९ गते छोरा सुरेन्द्र श्रेष्ठ मार्फत वालुवा खानी संचालन गर्ने कम्पनी एसकेवि सप्लायर्सको नामवाट फागुन , चैत र वैशाख ३ महिनाको १ लाख १३ हजार को राजस्व विल काटेर रकमै नतिरेर अमेरिकी दुतावासमा भिसाको आवेदन दिएका थिए । उक्त राजस्व रकम नतिरे राजस्व फांट लगायतका कर्मचारीहरुलाई हैरानी भएको थियो । 

By editor, 17 July, 2019

असार ३१, २०७६

काठमाडौं–विद्युत् प्राधिकरणका ४ वटा गाडी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री, उनको सचिवालय र ऊर्जा सचिवले प्रयोग गर्ने गरेको समाचार लोकान्तरमा प्रकाशित भएपछि त्यसमध्ये ३ वटा गाडी फिर्ता भएको पाइएको छ ।