News

By editor, 18 June, 2019

 

राजु श्रेष्ठ

असार ३, २०७६

ललितपुरस्थित नवप्रभात उच्च माविकी छात्रा रोजी लामा बमजनले २०६८ को एसएलसी परीक्षाफलमा अनिवार्य गणित बाहेक सबै विषयमा विशिष्ट नम्बर ल्याइन् । अनिवार्य गणितमा चाहिँ ४७ मात्रै पाइन् । गणितमा पनि तगडा उनलाई प्राप्तांकमा चित्त बुझेन । प्रधानाध्यापकको सहयोगमा उनले पुनर्योगका लागि निवेदन दिइन् । प्राप्तांक पूर्ववतै रहेको बताइयो । त्यसको पन्ध्र दिनपछि उनी जिल्ला शिक्षा कार्यालय पुगिन् ।

By editor, 17 June, 2019

 

सम्पादकीय

असार २, २०७६

सरकारले आफ्ना आलोचकलाई सजिलै जेल पुर्‍याउन सक्ने गरी ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्न लाग्नु खतराको सूचक हो । विधेयकका प्रावधानबारे विशेषगरी सामाजिक सञ्जालमा आलोचना भयो, सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराए । संसदीय उपसमितिले आपत्तिजनक प्रावधानहरू सुधार्न आवश्यक ठानेन ।

By editor, 17 June, 2019

 

सूचनको मागेकै कारण विरगंजका भ्रष्टाचार विरोधी अभियानकर्ता विराज यादवमाथि निर्घात कुटपिट गरिएको छ ।

यादवले आफ्नो टोलको बाटोको विषयमा विरगंज उपमहानगरपालिका वडा नं. ३ मा सूचनाको हक प्रयोग गरी लागत अनुमान फारमको प्रमाणित प्रतिलिपि माग गरेका थिए ।

यादवले जेठ २७ गते सोमवार वडा कार्यालय पुगेर सूचनाको निवेदन दिँदा वडा कार्यालयले आफुले माग गरेको सूचनाको निवेदन दर्ता गर्न नमानेपछि उनले हुलाकबाट निवेदन दर्ता गराउने भन्दै घर फर्किए थिए ।

By editor, 16 June, 2019

 

अजय अनुरागी

जेठ ३१, २०७६

जनकपुरधाम – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासनको नारा दिएपनि उनकै कार्यालयमा सरकारी गाडी प्रयोगमा ब्रह्मलूट मच्चाइएको छ ।  

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवदेखि, स्वकीय सचिव र सचिवालयमा काम गर्ने करारका कर्मचारी समेतले सवारी सुविधा लिँदै आएका छन् ।

राउत आफू १ करोड ६२ लाख ५० हजार रुपैयाँको फर्चुनर गाडी चढ्छन् । उक्त विलाशी गाडी २०७५ असोज २४ गते मुख्यमन्त्री कार्यालयले किनेको हो ।

By editor, 13 June, 2019

 

 रामचन्द्र भण्डारी / नारायण अर्याल

 

जेठ ३०, २०७६

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सचिवालयमा ३ वटा गाडी छन् ।

बा१३च ५७९२ नम्बरको प्राडो चढ्ने घिसिङको सचिवालयमा बा२०च ४१० नम्बरको इलेक्ट्रिक कार, बा१३च २३८१ नम्बरको मित्सुविसी जीप तथा बा१ञ १५२८ नम्बरको टोयोटा कार रहेको प्राधिकरणले लोकान्तरलाई उपलब्ध गराएको विवरणमा देखिन्छ । कार्यकारी निर्देशक घिसिङ र उनको सचिवालयमा रहेका गाडीको कुल संख्या ४ पुग्छ ।

By editor, 13 June, 2019

शंकरप्रसाद खनाल

बाँकेका ४ स्थानीय तहसँग मोबाइल एप

नेपालगन्ज : स्थानीय सरकार सूचना प्रविधिमैत्री बनेका छन्। सेवाग्राहीलाई सूचना प्रवाह गर्न स्थानीय सरकारले वेबसाइट र मोबाइल एप बनाएका छन्। अधिकांश वेबसाइट र मोबाइल एप अपडेटविहीन छन्।

बाँकेका ८ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकाले मात्रै मोबाइल एप बनाएका छन्। अरू तह मोबाइल एपको तयारीमा छन्। अधिकांशसँग वेबसाइट छ तर अपडेट भएका छैनन्।

By editor, 10 June, 2019

aaa

 नारायण अर्याल

जेठ २७, २०७६

काठमाडौं – भ्रष्टाचार नगर्ने र भ्रष्ट कर्मचारीप्रति निर्मम बन्ने छवी बनेको छ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको तर मितव्ययी र पारदर्शी भनेर चिनिने मन्त्री यादवले मन्त्रालय र संस्थानका गाडीमा भने रजाइ गरेका छन् ।

By editor, 9 June, 2019

aaa

 रामचन्द्र भण्डारी/प्रेम चन्द

जेठ २१, २०७६

काठमाडौं – नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा रहेको भवन र जग्गाधनी आश्विन्स मेडिकल कलेजका नाममा कानून मिचेर खरिद गरिएको जग्गाको हदबन्दी छूट दिन कानून नै संशोधन गरेको पाइएको छ ।