अजय अनुरागी
साउन १४, २०७६
जनकपुरधाम – २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।
मन्त्री सोनलले २ वटा ४ पांग्रे गाडी प्रयोग गरिरहेका छन् । एउटा सरकारी गाडी उनी आफैं चढ्ने गर्छन् भने अर्को सरकारी ४ पांग्रे गाडी मन्त्री सोनलका पत्नी र छोराले चढ्दै आएका छन् ।


