निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक निकायमार्फत आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको हो । नियामक निकायसँगको सहकार्यमा आयोगले सूचना सदाचार एकाइ गठन गरेर काम गरिरहेको छ । डिजिटल प्लेटफर्ममार्फत प्रचार भइरहेका निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्रीमा आयोगले निगरानी बढाएको हो ।