धर्मेन्द्र झा
भदौ ३ गते। देशभर विभिन्न कार्यक्रम गरि ११ औं राष्ट्रिय सूचना दिवस मनाइँदैछ । ११ वर्षअघि आजकै दिन अर्थात् २०६४ को भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा आएकाले यो दिनलाई सूचना दिवसका रुपमा मनाउने गरिएको हो । २०६४ को असोज ५ गते संंसदबाट पारित यो ऐन ३० दिनभित्र लागू हुने उल्लेख गरिएअनुसार भदौ ३ गतेदेखि लागू भएको हो ।