(राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसमा सोमबार गर्नुभएको सम्बोधनको पूर्ण पाठ)
नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सङ्घर्ष, त्याग र बलिदानका कारण प्राप्त मौलिक हकमध्ये अति महìवपूर्ण मानिएको सूचनाको हकको प्रवर्धन र संवर्धनका लागि स्थापित राष्ट्रिय सूचना आयोगको १८ औँ स्थापना दिवसका अवसरमा म आयोग परिवार र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।