पोखरा । सूचनाको हकको लागि राष्ट्रिय सञ्जाल नेपाल पोखरा महानगर सञ्जालको आयोजनामा बुधबार पोखरा महानगरपालिका वडा नं. ६ वैदाममा भएको भेलाले अनिल थापाको संयोजकत्वमा ७ सदस्यीय वडा सञ्जाल गठन गरेको छ ।
वडा सञ्जालको सहसंयोजकमा सुरेश पहारी, सदस्य सचिवमा विनिता वराल र सदस्यहरुमा दुर्गाप्रसाद तिमिल्सिना, कृष्ण वराल, रुद्र जिसी, लव भुजेल सर्वसम्मत चयन भएका छन् । सञ्जालमा आवश्यकता अनुसार क्षेत्रिय तथा समावेसीताको आधारमा सबैलाई समेट्ने गरी सञ्जाल विस्तार गर्न सकिने गरी गठन गरिएको छ ।
सो सञ्जालको सल्लाहकारमा विष्णुहरि अधिकारी, गिरिराज अधिकारी र सुर्यनाथ पहारीलाई चयन गरिएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले गर्नु भएको थियो भने वडा सदस्य हरिकृष्ण पहारी, वडा सचिव सविता ढुंगाना, सञ्जालका गण्डकी प्रदेश संयोजक दिपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ वञ्जारा, नव निर्वाचित वडा संयोजक अनिल थापा लगाएतले वोलेका थिए ।
महानगर सञ्जाल संयोजक कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर सदस्यहरु कृष्ण रानाभाटले स्वागत, पदम श्रेष्ठले धन्यवाद ज्ञापन र सदस्य सचिव रेशम खड्काले कार्यक्रम संचालन गर्नु भएको थियो ।