दाङमा सूचनाको हक र आरटिआई एपको अभिमुखिकरण

By editor, 31 July, 2020

 

    काठमाडौं । फ्रिडम फोरमले दाङ महिला जेसिससंगको सहकार्यमा प्रदेश नं ५ को दाङमा पत्रकार, शिक्षक, सूचनाको हकका अभियन्ता, महिलाहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।

    ६० जना सहभागीलाई उक्त प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा पत्रकार विपुल पोखरेलजानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा फ्रिडम फोरमको स्थानीय संयोजक सुदिप गौतमले सूचनाको हकका बारेमा छिट्टै बुझ्न प्रयोगमा ल्याएको आरटिआई एपको बारेमा जानकारी गराउँदै यसको व्यवहारीक र सैद्धान्तिक विषयको जानकारी गराउनुभएको थियो ।
     
कार्यक्रममा अहिलेको युग प्रविधिको युग भएकाले सूचनाको हक, यसको व्यवहारिक पक्ष, ऐन÷कानुन, ढाँचा, सूचनाको हकसंग सम्बन्धित समाचार, विचार लगायतका विषयवस्तु आरटिआई नेपाल एपबाटै हेर्न र बुझ्न सकिने गौतमले बताउनुभयो । 
    
उक्त कार्यक्रममा सूचनको हक बारे बुझ्न आरटिआई एपले निकै मद्दत पुग्ने बताउँदै एपबाटै धेरै कुरा बुझ्न र सिक्न सकिने सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।


    सूचना मागको ढाँचा देखि सबै विषयबस्तु समेटिएको उक्त एपको अध्ययन पश्चात यसको व्यवहारीक प्रयोग गर्न समेत सहयोग पुग्ने सहभागीहरुले बताउनुभयो ।   
–––