जयपृथ्वी नगरपालिका ९ मा सूचना प्रविधि केन्द्रको उद्घाटन

By editor, 8 February, 2019

डीबी विष्ट/सुदूरखबर।


बझाङ, माघ २३ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक सूचना प्रविधि केन्द्रको उद्घाटन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमकाबीच जयपृथ्वी नगरपालिका वडा नम्बर ९ को कार्यलयमा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख विरेन्द्रबहादुर खड्काले सामुदायिक सूचना प्रविधि केन्द्रको उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी तथा जयपृथ्वी नगरपालिकाका नगरप्रमुख खड्काले सूचना प्रविधि केन्द्रले समग्र नगरपालिकाको शुसासनमा साहारा पुर्याउने विश्वास ब्यक्त गरे । केहि वर्ष पहिला विदेशमा घटेका घटनाहरु वर्ष दिनपछि थाहा हुने भएपनि अहिले घटना घटेको मिनेटमा नै जानकारी पाउन सकिने बताए ।

कार्यक्रममा शुभकामना दिँदै नगरपालिकाकी उप प्रमुख जुना जाग्रीले सूचना प्रविधि केन्द्रले नगरपालिका तथा वडा बाट दिने सेवा सुविधा तथा बजेटका बारेमा सबै जनतालाई थाहा हुने बताइन् । यस प्रविधिको आवश्यक रहेको बताउँदै जाग्रीले यस प्रविधिको सही सदुपयोग गर्नु पर्ने बताइन् ।

यस्तै वडा अध्यक्ष बजिर बोहराले सामुदायिक सुचना प्रविधि केन्द्रको स्थापना भएपनि कर्मचारी अभावका कारण समस्या हुने यस समस्याको समाधानका लागि नगरपालिकाले पहल गरि दिन अनुरोध समेत गरे । जयपृथ्वी नगरपालिकाको आयोजनामा साहारा नेपाल, शुसासन परियोजना अन्तरगत उक्त सामुदायिक सुचना प्रविधि केन्द्रको स्थापना भएको हो । झण्डै ७ लाख बराबरका उपकरणहरु सहित सामुदायिक सुचना प्रविधि केन्द्रको स्थापना गरिएको छ ।

स्रोत : सुदूरखबर अनलाईन