सामुदायिक वनमा सूचनाको हक

By editor, 4 February, 2019

 सूचनाको हककैलाली जिल्लाका ३ वटा जैविक मार्गका १० वटा सामुदायिक वन उपभोक्ता समुहमा सन २०१५—२०१६ मा सामुदायिक वन विकास मार्ग दर्शन २०६५ र सूचनाको हकको प्रयोगको अभ्यास भएको थियो । 

एक वर्षको अवधिमा वन उपभोक्ता, पदाधिकारी र सरोकारवालालाई तालिम, अन्तरक्रिया लगायत विभिन्न गतिविधि सञ्चालन गरेर सूचनाको हकको व्यवाहरिक रुपमा प्रयोग गरेको छ । 

सामुदायिक वन विकासको लागि महत्वपूर्ण मानिने सामुदायिक वन विकास मार्ग दर्शन २०६५ र सूचनाको हक प्रयोेग गरीे सुशासन युक्त सामुदायिक वन वनाउन गरिएको यो अभ्यास सफल प्रयासका रुपमा देखिएकोे छ । फलस्वरुप अहिले उपभोक्ताहरू आफुसँग जोडिएका सूचना माग्न थालेका छन । उपभोक्ता समुहहरूले पनि सहजै सूचना दिन थालेका छन । सामुदायिक वनमा गरिएको यो प्रयोगको सिकाईले उपभोक्ता समुहहरू पनि सामुदायिक वन विकास मार्ग दर्शन २०६५ को अनिवार्य प्रावधानलाई व्यवहारमा उतार्न थालेका छन । वनको आम्दानी ३५ प्रतिशत विपन्न वर्गको जिविकोपार्जनका लागि छुुट्याईने अनिवार्य प्रावधान अनुसार विपन्न वर्गलाई जिविकोपार्जनका लागि छुुट्याएर व्यवहारमा उतार्न थालेका छन ।

पहिलो पटक कैलालीमा गरिएको यो सफल प्रयासलाई देश भरी छरिएर ग्रामिण स्तरमा १८ हजार ९ सयको संख्यामा रहेका सामुदायिक वनमा सूचनाको हकको प्रयोग विषयमा बृत्तचित्र निर्माण भएको छ । गरिएका गतिविधि समावेश गरेको एउटा किताव प्रकाशित भएको छ, सो प्रयोग, महत्व र यसको फाइदा बारे सचेतनाका लागि रेडियो कार्यक्रम वनमा सुशासन कैलालीका ६ वटा एफहरूबाट  प्रसारण गरी सूचनाको हकको सन्देश सञ्चार भएको छ । रेडियो कार्यक्रम वनमा सुशासनले खास गरी सामुदायिक वन विकास मार्ग दर्शन २०६५ र सूचनाको हकको प्रयोेग गरीे सुशासन आँकल र सुधार योजना वनाएर आप्mनो सामुदायिक वनको अवस्था कस्तो छ भन्ने अवस्थामा ध्यानाकर्षण गराउने कार्य समेत गरेको सुदूरपश्चिम मिडियामा विकास केन्द्रका अध्यक्ष उमिद वाग्चन बताउनुहुन्छ ।

चेतना सामुदायिक वन लम्की थपालीपुरका अध्यक्ष तोरबहादुर खत्रीको भनाईमा “यो ठाउँका उपभोक्ताहरूलाई सूचनाको हक अन्तर्गत सूचना माग्नु पर्छ, दिनु पर्छ भन्ने थाहा थिएन । अहिले हरेक उपभोक्ताहरूले हामीलाई के के योजना सम्पन्न भयो, के के योजना छन र सामुदायिक वनले गरेको हिसाव किताव समेत के कस्तो छ, सोध्न थालेछन । हामीले पनि सूचना दिने गरेका छौँ । वनमा सुशासन भन्ने यो कार्यक्रम हाम्रा लागि अत्यन्त प्रभावकारी कार्यक्रमका रुपमा रहेको हामीलाई लागेको छ ।”

यस्तै जनकल्याण सामुदायिक वन उपभोक्ता समुह भुरुवा लम्की अध्यक्ष पदमराज न्यौपाने पनि हिजोको दिनमा उपभोक्ताहरू बोल्न सक्दैन थे । सूचनाको हकको चेतना पाएपछि, बोल्न थालेका छन । हामी पनि वन विकास मार्ग दर्शन २०६५ ले भनेका कुरा अनुसार ३५ प्रतिशत छुट्याउनु पर्नेमा त्यसो भएको थिएन । अहिले हामीले केही रकम छुट्याएर ११ विपन्न परिवारलाई आयआर्जनका लागि वितरण गरेका छौं । त्यति मात्र होईन एउटा माछापालनका लागि पोखरी वनाएर विपन्न परिवारलाई यसले सहयोग पुगेको छ । 

ऐश्वर्य सामुदायिक वन मनहरा पुल, कैलालीकी उपभोक्ता यादी रावतलाई पनि लागछ, सुशासनका कुराहरू र वन विकास मार्ग दर्शनका कुराको चेतना पाएपछि हाम्रो समुहका उपभोक्ताहरूमा परिवर्तन आएको छ । 

सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष डण्डिराम सुवेदीको अनुभवमा यो अभ्यासलाई देश भरीका सामुदायिक वन उपभोक्ता समुहहरूमा लागु गर्नु पर्ने जरुरी छ भन्नुहुन्छ । कैलालीका सामुदायिक वनहरूले अगाडि बढाइरहेको यो राम्रो सिकाईलाई देश भरीका साममुदायिक वनहरूमा सञ्चालन गर्दा अझै प्रभावकारी हुने उहाँको सुझाव छ ।

नेपालमा छरिएर रहेका सामुदायिक वनहरू स्थानीय तहसम्म संगठित रुपमा रहेका छन । त्यस मध्ये कैलालीका १० वटा सामुदायिक वनहरूले सूचनाको हकको प्रयोगलाई व्यवहारमा उतार्न सकेका छन । त्यसले वन संरक्षणमा सक्रियता बढ्दै गएको छ । विपन्न वर्गले आयाआर्जन गर्न सकेका कारण सहभागिता समेत बढ्न थालेको छ ।