अजय अनुरागी

राज्यको ढुकुटीबाट ६ वटा गाडी (काठमाडौं र वीरगञ्जमा जगेडा), साढे २ लाखको आइफोन ११ प्रो म्याक्स, निवासैपिच्छे लाख–लाखका पलङ, काठमाडौं र जनकपुरमा २ लाख ८० हजार पर्ने २ थान ट्रेडमिल, वाशिङ मशिन, फ्रिज... विलासिताका सामान कति हो, कति ।
कोरोना महामारीका सिंगो देशको अर्थतन्त्र चपेटामा परेका बेला २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राज्यको ढुकुटीबाट खरिद गरी प्रयोग गर्दै आएका सामान हुन्, यी ।
