कुनैबेला पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाहको शक्ति उन्माद यस्तो थियो कि उनले जे बोल्यो त्यही कानून हुन्थ्यो । दरबारमार्गमा पारसले चलाएको गाडीले गायक प्रवीण गुरुङको ज्यान लिएको खबर आउँदा उनीमाथि कारवाही त के कसैले सोध्नेसम्म आँट गरेनन् । कुट्ने, धम्क्याउने, थर्काउने घटना त कति हो कति । उनका अपराध अरूका लागि केबल जोक, चिया गफ र हाँसीमजाकका खुराक बन्थे । शक्ति उन्मादमा रहेको मानिस अन्धो हुन्छ, शायद । त्यो बेला पारसले कल्पना पनि गरेका थिएनन् होला– आज यो दिन आउँछ भनेर । समयको बेग न हो, उहिलेका पारस र आजका पारस तुलना गरेर ह