गण्डकी प्रदेशमा सूचनाको हक र आरटिआई एपको अभिमुखिकरण

By editor, 26 July, 2020

 

    काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा गण्डकी प्रदेशमा   शिक्षक÷शिक्षिका, पत्रकारहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।


   ३५ जनालाई दिएको  उक्त प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा फ्रिडम फोरमको तर्फबाट अधिवक्ता राममाया लामिछानेले जानकारी गराउनुभएको थियो ।

    जुम मार्फत संचालन गरिएको उक्त कार्यक्रममा फ्रिडम फोरमकी नायुमैँया खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा खड्काले सूचनाको हकका बारेमा छिट्टै बुझ्न प्रयोगमा ल्याएको आरटिआई एपको बारेमा जानकारी गराउँदै यसको व्यवहारीक र सैद्धान्तिक विषयको जानकारी गराउनुभएको थियो ।

     कार्यक्रममा अहिलेको युग प्रविधिको युग भएकाले सूचनाको हक, यसको व्यवहारिक पक्ष, ऐन÷कानुन, ढाँचा, सूचनाको हकसंग सम्बन्धित समाचार, विचार लगायतका विषयवस्तु आरटिआई नेपाल एपबाटै हेर्न र बुझ्न सकिने खड्काले बताउनुभयो । 

    उक्त कार्यक्रममा फ्रिडम फोरमको स्थनीय संयोजक राजन उपाध्यायले सूचनको हक बारे बुझ्न आरटिआई एपले निकै मद्दत पुग्ने बताउँदै एपबाटै धेरै कुरा बुझ्न र सिक्न सकिने सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

    सूचना मागको ढाँचा देखि सबै विषयबस्तु समेटिएको उक्त एपको अध्ययन पश्चात यसको व्यवहारीक प्रयोग गर्न समेत सहयोग पुग्ने सहभागीहरुले बताउनुभयो ।   
–––