सफलताको कथा : खोप केन्द्रमा सेवाग्राहीलाई सुुविधा थपियो

By editor, 10 March, 2019

 

सूचनाको हक जादूको छडी होइन, तर यसको प्रयोगले आम मान्छेको जीवन सहज र हुन सक्दछ । यसको उदाहरण हालै धनगढीको सेती अञ्चल अस्पतालभित्र रहेको मात्रुशिशु तथा परिवार नियोजन केन्द्रमा देख्न पाइन्छ ।

वैशाख महिनाको चर्काे गर्मी, उक्त केन्द्रमा गर्भवती, सुत्केरी, महिला र बच्चाहरू सेवा लिन आएका थिए प्रतिक्षालयमा न बस्ने बेन्च थियो, न त अन्य कुनै सुविधा । जताततै गर्मीमा बालक काखमा लिएर महिलाहरू पसिना पसिना भएको दृश्यले जोहीलाई पनि अपठेरो लाग्न सक्छ ।

अभियन्ताहरूले गर्भवती, सुत्केरी महिला र बच्चाहरू अव्यवस्थित अवस्थामा देखेपछि यो केन्द्रको प्रतिक्षालयमा के कति बेन्च राखिएको छ भनि सूचना माग गरका थिए । 

शुरुमा कस्ले सूचना दिने भन्ने कुरामा मात्रुशिशु तथा परिवार नियोजन केन्द्रमा अन्यौल देखियो पछि यस केन्द्रको सूचना पनि सेति अञ्चल अस्पतालबाट नै दिने भनेपछि सूचना मागको निवेदन पाएपछि करिव १५ दिन पछि सूचना दियो । सो केन्द्रको सूचना मात्र दिएन । 

मौजुदा स्थिति सुधार्न कदम पनि चाल्यो । अहिले सो केन्द्रको अवस्था फेरिएको छ । तत्कालिन केन्द्र प्रमुख एवँम सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर गणेशबहादुर सिँहले भने सूचनाको हक प्रयोग गरेर मागिएको सूचनाले हाम्रो आँखा खोलि दियो । 

अहिले बेन्चको सँख्या पनि बढेको छ, हप्तामा २ पटक सञ्चालन हुने गरेको खोप लगाउने कार्य अहिले चार पटक हुने गरेको छ ।

खोप लगाउन केन्द्रमा आएका गर्भवती, सुत्केरी महिलाहरू बिगतमा आक्रोसित हुने गरेका थिए भने अहिले सहज भएको बताउने गरेका छन । धनगढी गाउँकी छोरालाई खोप लगाउन आएकी रामपति रानाले अहिले त धेरै बेर पर्खिनु पनि पर्दैन, बस्ने बेन्च पनि प्रयाप्त छ भनिन ।

धनगढी उपमहानगरपालिका १ पशुपति टोलकी सरस्वती रावलले पनि खोप केन्द्रको अवस्था हेर्दा निक्कै परिवर्तन भएको महसुस गरिन । उनी भन्छिन, जसको कारणले भएपनि खोप केन्द्रको अवस्थामा आएको परिवर्तनले सबै आमाहरू बालबालिकालाई सहज वनाई दियो । 

सूचनाको हकको प्रयोगले कसैको ध्यान नपुगेको कुरामा पनि ध्यान दिन बाध्य पार्न सक्छ भन्ने कुरा यो केन्द्रको फेरिएको अवस्थाले त्यो कुरा प्रष्ट पार्दछ ।