सूचनाको हकको प्रयोगबाट बाहिर आएको पॉचथर फिदिम नगरपालिका भित्रको भ्रष्टाचार

By editor, 19 December, 2018


पाँचथरबाट लवदेब ढुगंना लेख्छन,

कर्मचारी र व्यापारीको मिलेमतोमा भ्रष्टाचार र कालोबजारी फिदिम नगरपालिकाले आ.व.२०७४ र ०७५ मा बजारमा फोहोर फाल्ने डष्टबिन राख्दा डष्टबिनसँगै फलामको फ्रेममासमेत अनियमितता गरेको पाइएको छ । १४ केजी ८०० ग्राम (जोख्दा) को फ्रेमको बील दर्शन काष्ठ फर्निचर तथा ग्रील उद्योगबाट रु.३१.३५ (प्रतिकेजी २०० भन्दा बढी) बनाइएको छ जबकि बजारमूल्य १४० प्रतिकेजीन्दा कम पर्छ । साथै  नगरपालिकाले नै गरेको अनुगमनमा ६५ स्थानमामात्र राखिएको भेटिए पनि ८० (१५ फ्रेम बढी) वटाको भुक्तानी दिइएको छ । 
ढाँटेको कुरा काट्टे मिल्दैन भनेजस्तै डष्टबिन र फ्रेम खरिद मिल्नु पर्नेमा डष्टबिन १४२ (१५० को बील) र फ्रेम ८० खरिद गरेको सूचना नगरपालिकाले दिएको छ । करिब १,३०० पर्ने डष्टबिनलाई १३० प्रतिशत बढी २,९४० को बील बनाइएको छ । यी सबै कार्यमा एउटै व्यापारीसँगको मिलेमतोमा योजनाको ५० प्रतिशतभन्दा बढी रकम घोटाला गरेको देखिन्छ । स्थानीय नगर र गाउँ पालिकाहरुको काम प्रवृत्तिगत रुपमा यसरी नै भइरहेको छ । यसर्थ भ्रष्टाचार र कालोबजारीमा संलग्न जोसुकै कर्मचारी र व्यापारीलाई तत्काल गम्भीर छानबिनको दायरामा ल्याई कडाभन्दा कडा सजायँ दिलाउनु आवश्यक छ ।