सूचना नदिने प्रमुख प्रशासकीय अधिकृत साहलाई १५ हजार रुपैयाँ जरिवाना

By editor, 10 March, 2023

राजविराज – राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही गरेको छ ।

आयोगका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गरिएको हो । सप्तकोसी नगरपालिका–११ निवासी कैलाश माझीले लिखित सूचना माग गर्दा सूचना उपलब्ध नगराएको र आयोगले सो बारे लिखित जवाफ माग गरेको थियो ।

सूचना उपलब्ध गराउन आयोगबाट आदेश हुँदा पनि सूचना मागकर्ताबाट माग भएको सूचना उपलब्ध नगराएको भन्दै आयोगले कारबाही गरेको आयोगले जनाएको छ ।

स्रोत: मधेश लाइभ (२०७९ फाल्गुन २५ गते)