सूचनाको हकमाथि प्रतिबन्ध लगाइँदैन 

By editor, 3 September, 2018

 

काठमाडौं, भदौ । राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले संसद्मा सरकारले दर्ता गरेको फौजदारी अपराध संहितासम्बन्धी नयाँ विधेयकमा केही कमजोरी भए त्यसलाई छलफलबाट सच्याउनुपर्ने बताउनुभयो छ । 
राजधानीमा बिहीबार आयोजीत अन्तरक्रियामा सूचनाको हक प्रतिबन्ध लगाउने काम राज्यबाट नहुने बताउँदै उहाँले गलत काम गर्नेका लागि मात्र कानुन निर्माण गरिएको बताउनुभयो ।


यो संहिताले नाङ्गो तस्बिर सञ्चारमाध्यममा प्रकाशन गरी आत्महत्या गराउन बाध्य पार्नेहरु जस्तालाई कारबाही हुने जनाउँदै विडारीले भन्नुभयो “यो कानुन खराब काम गर्नेका लागि हो । सत्य काम गर्नेहरुका लागि कारबाही हुदैँन ।” उहाँले मिडियाप्रति राज्यको कुनै पूर्वाग्राही नभएको जनाउ गर्दै पत्रकारले जेसुकै लेखे पनि दर्ता खारेज नहुने, सामाग्रीहरु जफत नहुने सकरात्मक कुरालाई पनि सञ्चारमाध्यमले सोच्नुपर्ने बताउनुभयो ।


प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले नेपालमा नयाँ बन्दै गरेको कानुन सबैले अपनत्व गर्न सक्ने निर्माण हुनुपर्ने बताउदै समाजलाई सुशासनतर्फ उन्मुख गराउने कानुन आजको आवश्यकता रहेको बताउनुभयो ।

स्रोत : गोरखापत्र दैनिक