कोरोनो कोषको खर्च विवरण माग्दै सूचना माग

By editor, 7 September, 2020

 

काठमाडौं । फ्रिडम फोरमले प्रदेश नं २ र बागमती प्रदेशको सबै जिल्लाका स्थानीय तहसंग कोरोना कोषको खर्च विवरण माग गर्दै हुलाक मार्फत सूचना दर्ता गरेको छ । 

२८ सेप्टेम्बर सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस भएकाले सोही अनुरुप फ्रिडम फोरमले उक्त महिनाभर सूचनाको हक सम्बन्धी विभिन्न क्रियाकलप गर्दै मनाउने गरेको छ ।

यसको पहिलो चरणको कार्यक्रम घोषणा गर्दै फ्रिडम फोरमले दुई वटा प्रदेशका स्थानीय तहलाई लक्षित गरी कोरोना कोषको खर्च विवरण माग गर्दै आदित्य दाहाल र सञ्जीव घिमिरेको संयुक्त नाममा आज हुलाक मार्फत दुईसय २० वटा स्थानीय तहलाई सूचना माग गर्दै निवेदन दर्ता गराएको हो ।

कोरोनासंग सम्बन्धित हालसम्म कुन बैंकमा कति रकम जम्मा भयो ? उक्त रकम कुन स्रोतबाट आएको हो ? कुन–कुन शिर्षकमा कति–कति रकम खर्च गरियो ? राहात स्वरुप सामान दिएको हो वा रकम दिएको हो ? राहत पाउनेहरुको नामावली ? क्वराईन्टिन र होल्डिङ बनाउन के के सामान खरिद गरियो उक्त बिल भरपाईको प्रमाणित प्रतिलिपी ? खरिद प्रक्रिया र २०७६ माघ महिना देखि हालसम्म कोभिड – १९ को सन्दर्भका प्रस्तावहरुका लागि भएका कार्यपालिकाको बोर्ड बैठकका निर्णयहरुको प्रमाणित प्रतिलिपीसहितको सूचना माग गर्दै निवेदन दर्ता गरिएको छ । 

यस अघि पनि सोही विषयको सूचना माग गर्दे सिन्धुपाल्चोकका १२ वटा र धनुषाका १८ वटा स्थानीय तहसंगै काठमाडौंका केही स्थानीय सरकारसंग सूचना माग गरिएको थियो ।

सुशासन, पारदर्शीता, सूचनाको हक, अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र लगाएतका विभिन्न पक्षमा लामो समयदेखि क्रियाशिल रहि काम गर्दै आएको नागरिक संस्था फ्रिडम फोरमले सेप्टेम्बर महिनालाई सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ । 

सूचना मागको विवरण 

aaaaaaaaaaaaaaaaa