काठमाडौँ, भदौ ३ गते । राष्ट्रिय सूचना आयोगले कोरोना (कोभिड–१९) महामारीको बेला सूचनाको हकको महìव र सान्दर्भिकता अझ थप हुँदै गएको जनाएको छ ।
राष्ट्रिय सूचना आयोग दिवसको अवसरमा जारी प्रेस विज्ञप्तिमा आयोगले सूचनाको हक कार्यान्वयनमा उल्लेखनीय योगदान पु¥याउन आयोगले पञ्चवर्षीय रणनीतिक योजनाको तयारीमा लागेको जनाएको छ ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ साल भदौ ३ गतेदेखि प्रारम्भ भएको र प्रत्येक वर्ष उक्त दिनलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिएको छ ।
आयोगले यस वर्ष कोरोना महामारीका कारण राष्ट्रिय सूचना दिवस औपचारिक रूपमा मनाउने अवस्था नरहेको जनाउँदै सूचनाको हकसम्बन्धी संवैधानिक तथा कानुनी व्यवस्था कायम गर्न गराउन महìवपूर्ण भूमिका निर्वाह गरेका अभियन्ता, नागरिक समाज, सञ्चारकर्मी, गैरसरकारी संस्थाहरूप्रति आभार प्रकट गरेको छ ।
आयोगले प्रत्येक वर्ष प्रदान गर्दै आएको सूचनाको हकको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अभियन्तालाई प्रदान गरिने पुरस्कारको नाम आयोगका पहिलो प्रमुख सूचना आयुक्त स्व. विनयकुमार कसजूको योगदानको कदर गर्दै ‘विनय कसजू पुरस्कार’ राखिएको जनाएको छ ।
आयोगका आयुक्त तथा प्रवक्ता कमला ओली थापाद्वारा जारी विज्ञप्तिमा आगामी दिनमा थप उत्साह र प्रतिबद्धताका साथ सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलन गर्न गराउन सबै सरोकारवालाहरू सँगसँगै हातेमालो गर्दै आयोग थप क्रियाशील हुने जनाइएको छ ।
स्रोत गोरखापत्र दैनिक