काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा सुदूरपश्चिम प्रदेशको धनगढीमा पत्रकार तथा युवाहरुलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण कार्यक्रम संचालन भएको छ ।
कार्यक्रममा ३३ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा पत्रकार उमिद बागचन्दले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बागचन्दले सूचनाको हकका बारेमा छिट्टै बुझ्न प्रयोगमा ल्याएको आरटिआई एपको बारेमा जानकारी गराउँदै यसको व्यवहारीक र सैद्धान्तिक विषयको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा अहिलेको युग प्रविधिको युग भएकाले सूचनाको हक, यसको व्यवहारिक पक्ष, ऐन÷कानुन, ढाँचा, सूचनाको हकसंग सम्बन्धित समाचार, विचार लगायतका विषयवस्तु आरटिआई नेपाल एपबाटै हेर्न र बुझ्न सकिने बारे पनि बागचन्दले प्रष्ट पार्नुभएको थियो ।
उक्त कार्यक्रममा फ्रिडम फोरमको स्थानीय संयोजक मिन बलमे सूचनको हक बारे बुझ्न आरटिआई एपले निकै मद्दत पुग्ने बताउँदै एपबाटै धेरै कुरा बुझ्न र सिक्न सकिने सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
सूचना मागको ढाँचा देखि सबै विषयबस्तु समेटिएको उक्त एपको अध्ययन पश्चात यसको व्यवहारीक प्रयोग गर्न समेत सहयोग पुग्ने सहभागीहरुले बताउनुभयो ।
–––