प्रदेश नं २ मा पत्रकारलाई सूचनाको हक र आरटिआई एपको अभिमुखिकरण 

By editor, 1 August, 2020


  
 काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा प्रदेश नं २ मा पत्रकार, सूचनाको हकको अभियन्ता, स्थानीय प्रतिनिधिलाई सूचनाको हक र आरटिआई एप बारे अभिमुखिकरण  कार्यक्रम संचालन भएको छ ।

   उक्त कार्यक्रममा २९ जना सहभागीलाई प्रशिक्षण दिइएको थियो ।  प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए भन्ने विषयमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झाले जानकारी गराउनुभएको थियो ।


    कार्यक्रममा झाले सूचनाको हकका बारेमा छिट्टै बुझ्न प्रयोगमा ल्याएको आरटिआई एपको बारेमा जानकारी गराउँदै यसको व्यवहारीक र सैद्धान्तिक विषयको जानकारी गराउनुभएको थियो ।

     कार्यक्रममा फ्रिडम फोरमकी नानुमैयाँ खड्काले सहजीकरण गर्दै  अहिलेको युग प्रविधिको युग भएकाले सूचनाको हक, यसको व्यवहारिक पक्ष, ऐन÷कानुन, ढाँचा, सूचनाको हकसंग सम्बन्धित समाचार, विचार लगायतका विषयवस्तु आरटिआई नेपाल एपबाटै हेर्न र बुझ्न सकिने बारे पनि प्रष्ट पार्नुभएको थियो ।

    उक्त कार्यक्रममा फ्रिडम फोरमको स्थानीय संयोजक राजन सिंहले सूचनको हक बारे बुझ्न आरटिआई एपले निकै मद्दत पुग्ने बताउँदै एपबाटै धेरै कुरा बुझ्न र सिक्न सकिने सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

    सूचना मागको ढाँचा देखि सबै विषयबस्तु समेटिएको उक्त एपको अध्ययन पश्चात यसको व्यवहारीक प्रयोग गर्न समेत सहयोग पुग्ने सहभागीहरुले बताउनुभयो ।   
–––