सेफर्ड कलेजमा सूचनाको हक र आरटिआई एपको अभिमुखिकरण

By editor, 28 July, 2020

 

    काठमाडौं । फ्रिडम फोरमको सहकार्यमा काठमाडौंको सेफर्ड कलेजका स्नातक र स्नाकोत्तर तहमा अध्ययनरत पत्रकारिता विषयका विद्यार्थीहरुलाई सूचनाको हक र आरटिआई एप बारे जानकारी दिएको हो । 

    जुम फार्फत सहभागी भएका २५ जना विधार्थीहरुलाई उक्त प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा सूचाको हक भनेको के हो, यसको व्यवहारिक प्रयोगले सार्वजनिक निकायलाई पारदर्शि बनाउन कतिको बल पुग्छ, यसको प्रयोगले कस्ता परिवर्तनहरु भए, सूचनाको हकको शक्ति कति छ भन्ने विषयका बारेमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झाले जानकारी गराउनुभएको थियो । 

     कार्यक्रम फ्रिडम फोरमकी नायुमैँया खड्काले संचालन गर्नुभएको थियो । कार्यक्रममा खड्काले सूचनाको हकका बारेमा छिट्टै बुझ्न प्रयोगमा ल्याएको आरटिआई एपको बारेमा जानकारी गराउनु भएको थियो । 

    कार्यक्रममा अहिलेको युग प्रविधिको युग भएकाले सूचनाको हक, यसको व्यवहारिक पक्ष, ऐन÷कानुन, ढाँचा, सूचनाको हकसंग सम्बन्धित समाचार, विचार लगायतका विषयवस्तु आरटिआई नेपाल एपबाटै हेर्न र बुझ्न सकिने खड्काले बताउनुभयो । 

    सूचनको हक बारे बुझ्न आरटिआई एपले निकै मद्दत पुग्ने बताउँदै एपबाटै धेरै कुरा बुझ्न र सिक्न सकिने महासचिव झाले सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

    सूचना मागको ढाँचा देखि सबै विषयबस्तु समेटिएको उक्त एपको अध्ययन पश्चात यसको व्यवहारीक प्रयोग गर्न समेत सहयोग पुग्ने सहभागीहरुले बताउनुभयो ।   
–––