कोरानोको कारण सूचनको हकको असरबारे आइसीआइसीको ध्यानाकर्षण

By editor, 15 April, 2020

 

    काठमाडौं । कोरोना भाइरसको कारण विश्वभर सूचनाको हकको कार्यान्वयनमा परेको असरको विषयमा सूचनाको हकसम्बन्धि विश्वभरका नियकाहरुको संस्था ‘इन्टरनेशनल कन्फेरेन्स अफ इन्र्फमेसन कमिस्नर’           (आइसीआइसीको) ध्यानाकर्षण भएको छ । 

    सूचनाको हकसम्बन्धि व्यवस्थाको अनुगमन, कार्यान्वयन, संरक्षण तथा सम्र्वद्धन गर्न स्थापित निकाय आइसीआइसीले हिजो मंगलबार एक विज्ञप्ती जारी गर्दै सूचनाको हक संवैधानिक तथा मौलिक हकको रुपमा रहेको हुदाँ यस विषम् परिस्थितिमो उक्त हकको पालन गर्नु थप महत्वपूर्ण हुने भएकाले प्रयोग गर्न आह्वान गरेको छ । 

    महामारीको समयमा सार्वजनिक निकायले गर्ने गरेका खरिद प्रक्रिया, वितरण लगायत सम्पूर्ण गतिविधिको चासो राखी यसको व्यवहारगत रुपमा प्रायोग गर्न विज्ञप्तीमा भनिएको छ । 

    यस संगठनको कार्यकारी समितिका रुपमा रहेको ‘गोभरमेन्ट ओर्किङ ग्रुप’ 
(जिओजी) मा नेपालका तर्फवाट राष्ट्रिय सूचना आयोग सदस्य रहेको छ । यसको नियमित बैठकहरुमा नेपाले पनि भिडियो कनफ्रेन्स मार्फत सहभागी भएर आफ्ना धारणाहरु राख्ने गरेको छ ।


    सार्वजननिक निकायले विभिन्न माध्यमद्धारा समयमा सत्य सूचना प्रवाह गर्न आह्वानसहित स्वतः सार्वजनिक गर्न तथा सूचना मागकर्तालाई सूचनाहरु सरल रुपमा दिन यसअघि पनि राष्ट्रिय सूचना आयोगले सबै निकायको ध्यानाकर्षण गराएको थियो । 

  Link : https://www.informationcommissioners.org/covid-19