एक पटक लगाएपछि एउटा सिमेन्टको पर्खाल कति समय टिक्छ ? पाँच वर्ष दश वर्ष वा त्यो भन्दा धेरै । तर अर्घाखँची सदरमुकामस्थित टुडिखेलको पर्खाल भने एकै वर्षमा दुई पटक निर्माण भएको रहस्य खुलेको छ ।
कमजोर निर्माण र कमसिनका कारण अर्घाखाँची सदुरमकाुम सन्धिखर्क सदरमुकामको गहनाका रुपमा परिचित टुँडिखेल पर्खाल एकै वर्षमा दुई पटक भत्किएर सिङ्गो बजारको शोभामा धक्का पुगेपछि सूचनाको हकका अभियन्ता मुक्तिनाथ भूषालले तत्कालीन जिल्ला विकास समतिसँग सो पर्खाल निर्माणसम्बन्धी सूचना माग गर्नुभयो ।
प्राप्त सूचनाहरू अध्ययन गर्दा एउटा सामान्य पर्खाल यसभन्दा अगाडि दुई÷तीन पटक वनाइएको र कमजोर निर्माणका कारण वर्ष दिनभित्रैमा दुई पटक भत्किएको सत्यता सार्वजनिक भएपछि स्थानीयवासीहरू विरोधमा उत्रिए ।
उक्त सूचनाबाट अर्को गम्भीर रहस्य के खुल्यो भने कमजोर पर्खाल लगाउन लगाउने र बर्सेनि पर्खाल लडेको बहानामा तत्कालीन जिविसले त्यो स्थान खारेर सटर बनाउने र त्यसलाई भाडामा लगाएर त्यसबाट पनि कमिसन खाने योजनाको पर्दाफास भयो ।
यदि त्यो योजना उनीहरूको योजना सफल भएको भए सो स्थानमा ३० वटा सटर निर्माण हुने थियो । सटर निर्माणपछि टुडिखेल पनि कुरुप हुने र भाडाको कमिसनले केही व्यक्ति मोटाउने प्रवृत्ति पनि बढ्ने थियो ।
सूचना प्राप्त भएपछि खुलेका रहस्यसहित सबै विवरण सार्वजनिक भएपछि स्थानीवासी कडा विरोधमा उत्रिए । फलस्वरुप नगरपालिका सटर वनाउनबाट पछि हट्यो भने अहिले उक्त स्थानमा सन्धिखर्क नगरपालिकाले पक्की पर्खाल निर्माण समपन्न गरेको छ ।
समाजमा हुने यस्ता अनियमित्ता तथा भ्रष्टाचारहरूको गहिराइमा पुग्ने कानुनी औजार सूचनाको हकलाई आफूले निरन्तर प्रयोग गर्नुको अलवा अरुलाई पनि सिकाउने कार्यलाई निरन्तरता दिइरहेको बताउनुहुन्छ पत्रकार भूषाल ।
सूचनाको हकलाई एउटा सञ्चाकर्मीको नाताले प्रयोग गरी निरन्तर समचार वनाउँदै गर्दा अर्घाखाँचीको विकास निर्माणका नाममा हुने भ्रष्टाचारलाई घटाउन आफू सफल भएको दाबी उहाँको छ ।
–––